पोपको अभिव्यक्ति प्रति रुसको उजूरी | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

पोपको अभिव्यक्ति प्रति रुसको उजूरी

putin

एजेन्सी, १४ मंसिर । इशाई धर्मगुरु पोप फ्रान्सिसको अभिव्यक्ति साम्प्रादायिक भन्दै रुसले लिखित उजूरी नै गरेको छ। भ्याटिकनस्थित रुसी राजदूत अलेक्जेन्डर अडिएभले पोपको रुसी चेचेन र बुरयाटबारे एक अन्तवार्तामा साम्प्रादायिक अभिव्यक्ति दिएको भन्दै उजूरी गरेका हुन् ।

समाचार एजेन्सीका अनुसार अडिएभले उजूरीपछि बोल्दै रुसको सामाजिक सद्भाव कसैले पनि हल्लाउननसक्ने खालको रहेको बताएका छन् । पोपले सोमबार जेसुइट म्यागाजिन अमेरिकालाई दिएको अन्तवार्तामा चेचेन र बुरिएट लगायत रुसी परम्परा बाहिरका समुदायले युक्रेनमानिर्दयीता देखाइरहेको अभिव्यक्ति दिएका थिए । उक्त समुदायका रुसी सैनिकलाई युक्रेन माथिहमलामा रुसले खटाएको छ । चेचेन इस्लाम धर्मालम्बी र बुरिएट बौद्ध धर्मालम्बी रुसी हुन् । फरक धर्मालम्बीलाई निर्दयीका रुपमा प्रस्तुत गरेको भन्दै रुसले पोपको अभिव्यक्तिप्रति आपत्ती जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);