समाचार प्रसारण हुँदा हुँदै जब रुसी टेलिभिजकी कर्मचारीले युद्धविरोधी प्लेकार्ड देखाइन.. | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

समाचार प्रसारण हुँदा हुँदै जब रुसी टेलिभिजकी कर्मचारीले युद्धविरोधी प्लेकार्ड देखाइन..

एजेन्सी । रुसको सरकारी टेलिभिजनमा समाचार प्रसारण भइरहँदा टेलिभिजनकी एक कर्मचारीले युद्धविरोधी प्लेकार्ड देखाएकी छिन् । मस्कोको स्थानीय समयअनुसार राती साढे ९ बजेको समाचार प्रसारणमा कर्मचारीले समाचार प्रस्तोताको पछाडिबाट प्लेकार्ड देखाएकी हुन् ।

‘युद्ध होइन । युद्ध रोक । प्रचारमा विश्वास नगर्नुहोस्, तिनीहरूले यहाँ झुटो बोल्छन्,’ प्लेकार्डमा लेखिएको छ । त्यस्तै प्लेकार्डको अन्तिममा लाइनमा लेखिएको छ, ‘रुसीहरु युद्धको विरोधमा छन् ।’

प्लेकार्ड देखाउने महिला टेलिभिजनकी कर्मचारी भएको त्यहाँको स्वतन्त्र मानव अधिकार अनुगमन समूह ओभीडी–इन्फोले जनाएको छ । समूहका अनुसार विरोध गर्ने कर्मचारीको नाम म्यारिया ओभस्यानिकोभा हो । उनी अहिले प्रहरी नियन्त्रणमा रहेको सीएनएनले जनाएको छ ।

रुसी समाचार संस्था तासले ओभीडी–इन्फोको रिपोर्ट पुष्टि गर्दै ती युवतीविरुद्ध अभियोग लगाइन सक्ने जनाएको छ । प्रसारणमा बाधा पुर्‍याउनुअघि ओभस्यानिकोभाले युद्धको विरोधमा बनाएको एउटा भिडियोे प्राप्त गरेको सो समूहले जनाएको छ ।

‘युक्रेनमा अहिले जे भइरहेको छ त्यो अपराध हो । रुस आक्रमणकारी देश हो । यो आक्रमकताको जिम्मेवारी केवल एउटा व्यक्तिको अन्तस्करणमा छ । त्यो मान्छे भ्लादिमिर पुटिन हो ।’ भिडियोमा उनले भनेकी छिन् । उनका बाबु युक्रेनी र आमा रुसी नागरिक भएको सीएनएनले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);