सत्ताको खेलबाट बाहिरिदै सदावहार खेलाडी गच्छेदार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सत्ताको खेलबाट बाहिरिदै सदावहार खेलाडी गच्छेदार

काठमाडौं, १३ मंसिर। विजयकुमार गच्छेदार नाम जस्तै संसदको चुनाव कहिले नहारेका राजनीतिक खेलाडी । २०४८ सालयता लडेका ६ वटा चुनावमा उनी पराजित भएनन् ।
गच्छेदारले पार्टी बदल्दा पनि चुनाव जिते । नेपाली काँग्रेसबाट २०४८, २०५१ र २०५६ को संसदको चुनाव सुनसरीबाट जिते । उनी पछि मधेशी जनअधिकार फोरममा गएर पनि चुनाव जिते । फोरम फुटाएर आफैले दल खोल्दा पनि जिते । फोरि काँग्रेस फर्किए र २०७४ को चुनाव जिते।  सत्ताका सदावहार खेलाडी गच्छेदार पटक पटक मन्त्री बने । यसपटक भने उनी चुनाव हार्ने निश्चित भइसकेको छ । एमालेकी भगवती चौधरीबाट गच्छेदार पराजित हुने अवस्थामा छन् ।
गत वर्ष सम्पन्न काँग्रेसको महाधिवेशनमा गच्छेदार उपसभापतिमा पराजित भएका थिए । ६ पटक सांसद निर्वाचित भइसकेका उनी यसपटक भने संसदमा नरहने निश्चित छ ।

राजनीतिका सदावहार खेलाडी गच्छेदार अब खेलबाट बाहिरिएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);