कास्कीको पालिका समीक्षाः कांग्रेसले थप्यो, एमालेले गुमायो | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

कास्कीको पालिका समीक्षाः कांग्रेसले थप्यो, एमालेले गुमायो

पोखरा । कास्कीका चारवटा गाउँपालिकाको मतगणना सकिएको छ । अहिले धमाधम पोखरा महानगरको गणनामा ब्यस्तता छ । पोखराको ३० हजारभन्दा बढी गणना भइसकेको छ । अघिल्लो पटक एउटा पालिकाको अध्यक्ष र २७ वडा गुमाएको एमालेले अहिले निकै नोक्सानी ब्यहोरेको छ । त्यसो त, चार पालिकाका ३९ वडामध्ये २१ वटा वडामा फरक पार्टीले चुनाव जितेको छ । अर्को रोचक विषय जहाँ उम्मेद्वार दोहोरिएका छन्, अधिकांश पराजय त्यहिँ भएको छ । पालिका अध्यक्षमा दोहोर्‍याएका कांग्रेसका युवराज कुँवर एमालेका विष्णु केसीसँग पराजित भए । केसी अघिल्लो चुनावमा उनै कुँवरसँग पराजय भोगेका थिए । अघिल्लो पटक एक हजारभन्दा बढी मत अन्तरले पराजित भएका मादीमा कांग्रेस उम्मेद्वार देवीजंग गुरुङले भारी मतान्तरले चुनाव जिते ।

त्यसको अपवाद, रुपमा भने पालिका अध्यक्ष र उपाध्यक्ष नै दोस्राे कार्यकालका लागि निर्वाचित भएका छन् । वडातर्फ हेर्दा माछापुच्छ्रेमा मात्रै ८ वडामा फरक नतिजा आएको छ । मादीका ७ वडामा फरक पार्टीले अध्यक्ष चुनाव जितेको छ । अन्नपूर्णको ४ र रुपामा २ वडा नयाँ नतिजा आएको छ । अघिल्लो चुनावमा पालिकाका १३ वडा जितेको कांग्रेसले अहिले ६ वडा बढी अर्थात् १९ वडामा जित निकालेको छ । माओवादीको पहिले र अहिले समान (३ वडा) जित छ भने पहिले २३ वडा जितेको एमाले अहिले १७ वडामा खुम्चिएको छ । यो चुनावमा सबैभन्दा बढी नोक्सानी एमालेलाई परेको छ । अहिले पोखराको मतगणना चलिरहेको छ ।

यहाँको नतिजाले जिल्ला समन्वय समितिको प्रमुख उपप्रमुखसहित पदाधिकारी थप्ने र राष्ट्रिय सभा चुनावसम्म असर गर्छ । चार पालिकामध्ये जिससका लागि एमालेको बहुमत छ । पोखरामा गठबन्धनले चुनाव जिते बराबर हुनेछ । गाउँपालिकामा २ अध्यक्ष र १ उपाध्यक्ष कांग्रेस तथा २ अध्यक्ष र ३ उपाध्यक्षमा एमाले विजयी भएको छ । पोखरामा गठबन्धनले चुनाव जिते एमाले र गठबन्धनको मत बराबर हुनेछ । सहमति नजुटे गोलाप्रथाबाट जिसस प्रमुख र उपप्रमुखसहित ९ सदस्य निर्वाचित हुनेछन् ।

स्थानीय निर्वाचन उम्मेद्वार, उम्मेद्वारको व्यक्तित्व र यसअघिका विजयी जनप्रतिनिधिले गरेका कामका आधारमा नतिजा निर्भर हुन्छ । एउटा कुरा के स्पष्ट भएको छ भने मतदाताहरू सत्ताको प्रतिपक्षमा हुन्छन् भन्ने उदाहरण यो चुनावले दिएको छ । अधिकांश एमालेले जितेका वडाहरु र पालिकासमेत कांग्रेसले जितेको छ भने कांग्रेसले जितेका वडा र पालिका पनि एमालेले जितेको छ । अघिल्लो चुनावमा धेरै मतान्तरसहित हारेको माछापुच्छ्रे गाउँपालिकामा कांग्रेसले राम्रो कमब्याक गरेको छ । अघिल्लो पटक झिनो मतान्तरले अध्यक्ष गुमाएको अन्नपूर्णमा एमालेले झन् धेरै मतान्तरले चुनाव जितेको छ । मादी भने कांग्रेसले फर्काएको छ । रुपा गाउँपालिकामा कांग्रेस अझै कमजोर भएको छ, जितेका वडामा समेत पकड राख्न सकेको छैन । मत बढ्नुमा अधिकांश नयाँ मतदाता भएपनि मतान्तर बढ्नुमा भने यसअघिका जनप्रतिनिधिले गरेका कामको मुल्यांकन गरेर मतदाताको नयाँ रोजाई प्रमुख कारण हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);