एमालेलाई सरकारमा पुर्‍याउन होइन्, देश बनाउन भोट दिनुस् : अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

एमालेलाई सरकारमा पुर्‍याउन होइन्, देश बनाउन भोट दिनुस् : अध्यक्ष ओली

बैतडी । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुक्रबार बैतडीको पाटनमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका छन् । दार्चुलामा दीप प्रज्वलन गरेर एमालेको प्रचार अभियान सुरुवात गर्दै बैतडी पुगेका ओलीले एमालेको आगामी योजना सुदूरपश्चिममा विकासको मूल फुटाउने रहेको बताए । ओलीले बैतडीवासीलाई विकास निर्माणका विभिन्न आयोजना पुरा गर्ने आश्वासन दिएका छन् ।

नेपाल–भारत सिमानदी झुलाघाटमा पक्की पुल, महाकाली कोरिडोर आयोजना सम्पन्न, गोकुलेश्वरमा रहेको कृषि विज्ञान कलेज र पाटनमा रहेको भिमदत्त पोलिटेक्नीकल शिक्षालयको स्तरोन्नती, दशरथचन्द प्रतिष्ठान लाई राष्ट्रिय प्रतिष्ठान बनाउने, खनिज पदार्थको उत्खनन् तथा बैतडीमा रहेको फस्फोराईड खानी सञ्चालन गर्ने उनले बताए । उल्लेखित आयोजनाको काम विगतमा आफू नेतृत्वको सरकारले सुरुवात गरे पनि वर्तमान सरकारले अलपत्र छाडेको उनको आरोप छ । ओलीले बैतडी सहित सुदूरपश्चिका विभिन्न सामुदायिक क्याम्पसलाई आंगिक बनाएको बताए ।

अध्यक्ष ओलीले सुदूरपश्चिममा रहेका सबै राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने जिम्मेवारी एमालेको काँधमा रहेको बताए । मंसिर ४ मा एमालेलाई भोट दिन आग्रह गर्दै उनले भने, ‘एमालेले अहिले बच्चा गर्भमा रहँदादेखि पुरै जीवनका योजनाको खाकासहित सार्वजनिक गरेको पार्टीको घोषणा पत्रमा टेकेर काम गर्नेछौँ । सूर्य चिन्हमा मतदान गरी एमालेका सबै उम्मेदवारलाई विजयी गराउन अनुरोध गर्छु ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);