बर्दिबासमा स्वास्थ्य मन्त्रालयले भेण्टिलेटर दियो, जस लिनको हानाथाप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बर्दिबासमा स्वास्थ्य मन्त्रालयले भेण्टिलेटर दियो, जस लिनको हानाथाप

महोत्तरी। बर्दिबासमा गत वर्ष १६ वर्षीय एक किशोरले सर्पको डसाइको उपचार नपाएर अकालमै ज्यान गुमाए । उपचार अभावमा शरीरभर विष फैलियो र उनले मृत्युवरण गर्नु पर्यो ।
उपचारमा सग्लन चिकित्सकहरूले भेण्टिलेटर भैदिएको भए ती किशोरको ज्यान जोगाउन सकिने दलिल पेश गरे । यसपछि संघीय सांसद तथा महोत्तरीका जनप्रतिनिधि गिरिराजमणि पोखरेलले स्वास्थ्य मन्त्रालयमा भेण्टिलेटर उपलब्ध गराउन पटकपटक झकझकाए । परिणामस्वरूप ०७८ सालमै मन्त्रालयले वर्दिबास नगरपालिकालाई भेण्टिलेटर प्रदान गर्नेगरी सहमति जनायो ।

भेन्टिलेटर त लियो तर राख्ने ठाउँ र सञ्चालन गर्ने दक्ष प्रावधिक नभएकाले अघिल्लो स्थानीय सरकारले ल्याउन सकेन । १५ साउन ०७९ दुई दिनअघि बर्दिबासमा एक वर्षअघिको जस्तै घटना भयो । माइस्थान पब्लिक एकेडेमीका संस्थापक प्रधानध्यापक युवराज श्रेष्ठको सर्पको डसाइबाट ज्यान गुमाए । यसपटक पनि भेण्टिलेटरको व्यापक खोजी भयो तर भेटिएन । यसपछि भने बर्दिबास नगरपालिकाका प्रतिनिधि अघिल्लो वर्ष नै मन्त्रालयले दिने भनेको भेण्टिलेटर बुझेर फर्किएका छन् । बर्दिबासमा भेण्टिलेटर आइसकेको छैन । तर, अहिले यहाँ जस लिनेको होडबाजी चलेको छ ।प्राविधिक अभावमा बर्दिबास अस्पतालमा यसअघि आएका दुई वटा भेण्टिलेटर त्यसै थन्केका छन् । भेण्टिलेटर आउने भयो भन्दै प्रचारप्रसारमा व्यवस्त स्थानीय सरकारले अस्पतालको प्रावधिक व्यवस्थापनमा कसरी ध्यान देला भन्ने प्रश्न खडा भएको छ ।

यस्तो छ वास्तविकता
०७८ सालमा नै पूर्व नगरप्रमुख विदुर कार्कीसहित नेता पोखरेल सम्बन्धित निकायमा गए र भेण्टिलेटर खरिद गरेर प्रदान गर्ने सहमति भएको थियो । ‘हामीलाई यसअघि नै मागपत्र आएको थियो र सोही प्रक्रियाअनुसार उक्त भेण्टिलेटर प्रदान गरेका हाँै ।’ स्वास्थ्य मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलले भने, ‘कसैले पत्र पठाउँदैमा तत्काल दिने भन्ने हुँदैन । विभिन्न चरण पूरा भएपछि मात्रै दिन्छाैं ।’ आवश्यकतालई हेरेर स्वास्थ्य उपकरण दिने स्वास्थ्य मन्त्रालयको नियमित प्रक्रिया हो र त्यसको लागि स्टोरमा छ भने प्रक्रिया पूरा गरेपछि दिने नभए खरिद गरेर दिने उनको भनाइ छ । तर, बर्दिबासको लागि यसअघि नै माग भएको र नेता पोखरेलले पटकपटक झक्झकाएकाले सम्भव भएको सहसचिव पोखरेलले प्रष्ट पारे ।

भेण्टिलेटर सञ्चालन गर्न कति चुनौती ?
भेण्टिलेटर आइसियुमा सेटमा हुन्छ । बर्दिबास अस्पतालमा यो सहित अब तीन वटा हुनेछन् । तीन वटा भेण्टिलेटरको लागि एमजिडिपी चिकित्सक, तीन जनाभन्दा बढी मेडिकल अफिसर र चारदेखि पाँच जना नर्स आवश्यक पर्छ । भेण्टिलेटर राखेपछि ल्याबको स्तरोन्नतिदेखि अनेकाैं आन्तरिक व्यवस्थापन मिलाउनुपर्ने बर्दिबासका पूर्व मेसु सुनिल दाहालको भनाइ छ । अहिलेको जनशक्तिलाई परिचालन गरेर काम गर्न सकिने भए पनि पर्याप्त नहुने चिकित्सकहरूको भनाइ छ ।

यदि भेण्टिलेटरसहितको आइसियु बर्दिबासमा भए मधेश प्रदेशका कयाैं मानिस काठमाडौ वा अन्य ठूला सहर जानु पर्ने बाध्यता रोकिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);