कोरोनामुक्त भईन् वीरगञ्ज महानगरकी ९१ वर्षीय उपप्रमुख | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

कोरोनामुक्त भईन् वीरगञ्ज महानगरकी ९१ वर्षीय उपप्रमुख

पर्सा । वीरगन्ज महानगरपालिकाकी उपप्रमुख ९१ वर्षीय शान्ति कार्कीले कोरोना भाईरस संक्रमणलाई परास्त गरेकी छन् । उपप्रमुख कार्की बिहीबार कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएकी हुन् ।

वीरगन्ज महानगरपालिकाले बैशाख २४ गतेदेखि सञ्चालन गरेको कोभिड अस्थायी अस्पतालमा कार्कीको उपचार भएको हो । आशोलेसनमा बसेको १४ दिनपछि कार्कीले कोरोनालाई जितेपछि आजै महानगर प्रमुख विजय सरावगी सहितको चिकित्सको टोलीले उनलाई आईशोलेसनबाट विदाई गरेका हुन् ।

उपप्रमुखलाई आईशोलेसनबाट विदाई गरेपछि महानगर प्रमुख सरावगीले खुशी व्यक्त गरे । नगर प्रमुख सरावगीले भने, “उहाँले आफ्नो दृढ इच्छाशक्ति र अस्पतालका चिकित्सकहरुको मिहनेतको कारणले कोरोनालाई परास्त गर्नु भएको छ। र आज उहाँ लाई शकुशल अस्पतालबाट बिदाइ गर्दा मेरो मन ज्यादै नै हर्षित महसुस गरेको छ।

वीरगन्ज महानगरपालिकाले गोपाल मण्डलीमा २ सय ३० वेडको आईशोलेसन र क्वारेन्टिन संचालन गरेको छ । वीरगन्ज महानगरपालिकाले चिकित्सक स्वास्थ्यकर्मीको साथै अक्सिजन र बिप्याप (सेमी–भेण्टिलेटर) सहितको सुविधामा आईशोलेसन संचालन गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);