काठमाडौँमा मात्रै कोरोना संक्रमणका कारण हालसम्म १ हजार १ सय १ जनाले ज्यान गुमाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँमा मात्रै कोरोना संक्रमणका कारण हालसम्म १ हजार १ सय १ जनाले ज्यान गुमाए

काठमाडौँ। काठमाडौँ जिल्लामा मात्रै कोरोना संक्रमणका कारण हालसम्म १ हजार १ सय १ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरणका अनुसार काठमाडौँमा हालसम्म १ हजार १ सय १ जना, ललितपुरमा २ सय ९७ जना र भक्तपुरमा २ सय १७ जनाले कोरोनाका कारण ज्यान गुमाउनु परेको छ ।

कोरोनाका कारण थप १ सय ८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाका कारण ज्यान गुमाउनेको कूल संख्या ४ हजार ८ सय ५६ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १ सय ६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क रहेको छ ।

नेपालमा थप ५ हजार ४ सय ८८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);