सरहा, १४ मंसिर। बिहीबार राती संघीय समाजवादी फोरमका सिरहा क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यतर्फका उम्मेदवार राजलाल यादव चढेको जिपलाई लक्षित गरी गोली प्रहार भएको प्रहरीले जानकारी दिएको छ।
चुनावी कायक्रम सकेर बेलुका नौ बजे तिर भगवानपुर गाउँपालिका ३ स्थित घर फर्किने क्रममा जीपको पछाडिपट्टिबाट गोली प्रहार भएको हो ।
गोली प्रहारबाट जीपको पछाडिको सिसा फुटेको भएपनि जिपमा रहेका यादवसहित कसैलाई केही नभएको प्रहरीले जनाएको छ।