म्हैपी गोली काण्ड प्रकरणः युवतीको विषयलाई लिएर गुरुङमाथि गोली प्रहार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौँ, ५ कार्तिक । राजधानीको  म्हैपीमा आज बिहानै भएको गोली काण्ड युवतीका कारण भएको खुल्न आएको छ। युवतीका विषयमा झगडा हुँदा गोली चलाइएको प्रहरी स्रोतले जनाएको छ। आइतबार बिहान करिव ४ बजेतिर रानीबारी बस्ने गोरखा लापार्क ४ का करिव २९ बर्षीय कल्याण गुरुङमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ।

कारमा आएका युवकले एक राउण्ड गोली प्रहार गरेका थिए। गुरुङलाई खुट्टामा गोली लागेको छ।

बा ५७ प ६९५७ नम्बरको स्कुटरमा सवार गुरुङलाई सेतो कारमा आएको समूहले म्हैपी बहती पोखरी नजिकै सडकमा गोली प्रहार गरेको थियो। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई युवतीसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीको प्रारम्भिक बयानका क्राममा दुई समूहबीच गएराति ठमेलको सिएन डिस्कोमा दुई समूहबीच झगडा भएको प्रहरीले बताएको छ। महानगरीय प्रहरी परिसरका प्रमुख एसएपी रविन्द्र धानुकले मुख्य अभियुक्तसहित पाँचजना पक्राउ परेको बताए। घटनामा प्रयोग भएको कार पनि नियन्त्रणमा लिइएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);