गौशालाको एक कपडा पसलमा आगलागी, लाखौंको कपडा जलेर नस्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, १४ मंसिर। राजधानीको गौशालाको एक कपडा पसलमा आगलागी भएको छ । आगलागीबाट पसलमा रहेको लाखौं रुपैयाँको कपडा जलेर नस्ट भएको छ । गौशालाको पिंगलास्थानतर्फ जाने सडकको दायाँपट्टि रहेको ओयो होटल एण्ड ट्राभल्स इनको ग्राउण्ड सटरमा रहेको एक कपडा पसलमा आगलागी भएको हो।

आगलागीबाट पचास लाखभन्दा बढि रुपैयाँको तयारी कपडा जलेर नस्ट भएको पसल संचालक सुदर्शन गौतमले बताए। आगलागी बुधबार राति नौ बजेतिर भएको थियो । नियमितझैं सो दिनपनि बेलुका पसल बन्द गरेर घर गएको समयमा आगलागी भएकोले पसलका सामान जोगाउन नसकिएको गौतमको भनाई छ । गौतमले करेन्ट सर्ट भएर पसलमा आगलागी भएको बताए।

‘राति नौ बजेतिर सहनै नसक्नेगरी रबरको गन्धसहित अचाक्ली धुँवा आयो । के भएछ भनेर झ्याल खोलेर हेर्दा तल कपडा पसल रहेको भुईसटरबाट धुँवाको मुस्लो देखेँ’ निरमाया अधिकारीले भनिन् ‘हारगुहारपछि सटर फोडेर पानी हालेर आगो निभायौं ।’ समयमै थाहा पाएका कारण अन्य पसल र घर जल्नबाट बँचेको प्रत्यक्षदर्शीले बताए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);