उर्लेरीको भीरबाट लडेर अहेवको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८३, सोमबार

गुल्मी, १४ मंसिर । गुल्मीमा भीरबाट लडेर एकजनाको ज्यान गएको छ। खरबारीमा खर उठाउने क्रममा रेसुङ्गा नगरपालिका वडा न. १२ उर्लेनी निवासी अन्दाजी ४० वर्षीय देवनाथ पन्थीको बिहीबार बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

उनी त्यही वडाको स्वास्थ्य चौकीमा अहेवको रुपमा कार्यरत थिए।