भक्तपुरमा कार दुर्घटना, एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

भक्तपुर, १४ मंसिर । भक्तपुरमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरका लागि छुटेको बा ८ च २४३१ नम्बरको मारुती कार बिहीबार बिहान सडकबाट तल खोल्छामा खसेको हो।

दुर्घटनामा कारका चालक सूर्यविनायक–९ नलिन्चोक घरभई अहिले काभ्रे जनगाल बस्ने ४० वर्षका जितेन्द्र खत्रीको घट्नास्थलमै ज्यान गएको प्रहरी बृत्त जगातीले जनाएको छ। खत्रीको शव अहिले पोस्ट मार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ ।