पति ४ वर्षदेखि मलेसियामा, देवरसँगको सम्बन्धबाट छोरी जन्मिएपछि हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नुवाकोट, १४ मंसिर । अवैध सम्बन्धबाट जन्मिएको बच्चा मारेर फालेको अभियोगमा तारकेश्वर गाउँपालिकाबाट देवर–भाउजु नै पक्राउ परेका छन् । दुवैलाई विदुरस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

तारकेश्वरको तारुकाका २२ वर्षीया सविना अधिकारी र उनका देवर २३ वर्षीय विनोद अधिकारीलाई शिशु मारेर फालेका कारण बुधबार पक्राउ गरेको नुवाकोट जिल्ला प्रहरीका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए। नवजात छोरीको हत्या गरी मलकुण्डमा गाडेको अवस्थामा बुधबार बिहान फेला परेपछि उनीहरु पक्राउ परेका हुन्।

सविनाका पति चार वर्षदेखि मलेसियामा छन् । चार वर्षका छोराकी आमा सविनाले देवरसँगको यौन सम्बन्धबाट जन्मेको नाबालिका मारेर फालेको नुवाकोट प्रहरीले जनाएको छ । – अन्नपूर्ण पोस्ट दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);