काठमाडौंका पूर्वमेयर स्थापितका छोरा अस्वेत राजनीति गर्न नेपाल फर्किए, यस्तो छ उनको विकासका रोचक मोडेल | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

काठमाडौं, १३ मंसिर । केशव स्थापित, नेपाली कम्युनिष्ट राजनीतिका एक प्रखर व्यक्तित्व । काठमाडौं महानगरपालिकाको मेयर बनेपछि सामान्य मानिसका लागि समेत स्थापित नौलो व्यक्ति भएनन्। काठमाण्डौको माइतीघर मण्डला निमार्ण गरेपछि अझ उनको लोकप्रियता हवात्तै बढ्यो । स्थापित काठमाण्डौ निर्माणका नायक जस्तै बने । फरासिलो स्वभाव र प्रष्ट व्यक्तित्व रोलमोडल नै बने स्थापित काठमाण्डौका लागि । पुष्पलाल, मदन भण्डारीको छत्रछायाँमा राजनीति गरेका स्थापित भण्डारीको खास स्कुलिगंवाट नेपाली कम्युष्टि राजनीतिमा स्थापित भएका हुन् । केशव स्थापित भनेपछि मानिसहरुको मानसपटलमा एक छायाँ बन्छ । स्थापितको अटिलो स्वभावले पनि उनको व्यक्तित्व त्यस्तै बन्यो । आज स्थापित काठमाण्डौ क्षेत्र नम्वर ६ को प्रदेश सभातर्फको क को उम्मेदवार छन् । र, काठमाण्डौलाई विश्वकै नमुना राजधानी बनाउछु भन्दै स्थापित १०१ योजना बोकेर मतदाताको घरदैलोमा छन् ।

डाक्टरको छोरो डाक्टर, इन्जिनियरको छोरो इन्जिनियर, व्यापारीको छोरो व्यापारी भने जस्तै राजनीतिमा पनि नेताको छोरो नेता नै बन्ने गरेका प्रशस्तै उदाहारण छन् । तर, बाबु आमाको पेशा व्यवसायलाई निरन्तरता दिने सवै सन्तानले सफलता पाउँछन भन्ने निश्चित हुन्न । आजको हाम्रो प्रसंग अलि भिन्न छ । आज हामी केशव स्थापितको राजनीतिक जिवन यात्राका वारेमा खासै चर्चा गर्दैनौ । आज हामी स्थापितका कान्छो छोरा अस्वेत स्थापितको चर्चा गर्दै छौ । करिब आठ वर्षअघि अध्ययनका सिलसिलामा स्थापित अष्टेलिया पुगे । त्यहाँ उनले विजनेश विषयमा स्नातक सके । स्वभावमा अलि पृथक अस्वेत अध्ययन सकेर उतै काम गर्न सक्थे । तर, उनलाई अष्टे्लियाको सुविधा सम्पन्न जिवनशैलीले खासै आकर्षण गरेन । वाल मष्तिकमा नै राजनीति छाप परेका अस्वेतलाई स्वदेशमा नै फर्किएर केहि गर्ने तिव्र इच्छा शक्ति थियो । र, त्यसले उनलाई नेपालमा नै फर्काएको । आर्थिक रुपमा खासै अभाव नभएपनि उनले अष्टेलियामा अध्ययन गर्दा धेरै संर्घष गर्नुपर्यो । डिर्पाटमेन्ट स्टोरमा अठार घण्टा उभिएर गर्ने काम मात्र होइन अस्वेतले रातभर रेष्टुरेन्टमा जुठो भाडा बोक्ने काम समेत गरे । उनी भन्छन, कामलाई सम्मान गर्नुपर्छ ।

 

त्यहि सम्मान नहुँदा हाम्रो देश पछाडी परेको हो, अब सोचमा परिवर्तन ल्याउनु पर्छ । नेताका छोराछोरी नेपालमा बस्दैनन् । भनिन्छ अधिकांश ठुला नेताका छोराछोरी विदेशका महंगा स्कुल, कलेज पढ्छन् । अनि व्यापार व्यवसायमा समेत संलग्न छन् । त्यहि कारणले नेताहरुको चौतर्फी आलोचना पनि हुने गरेको छ । तर, काठमाण्डौका पूर्व मेयर एमाले नेता केशव स्थापितका कान्छा छोरा अस्वेत भने मुलुक बनाउने दरिलो आत्मविश्वास लिएर नेपाल फर्किएका छन् । अस्वेत भन्छन, त्यस्तो आटँ नगरेसम्म जत्ति नै आश्वासन दिएपनि देश बन्दैन त्यो पक्का हो । अस्वेतको खुल्ला आव्हान छ, आउनुस एक हात एक साथ भएर संवृद्ध मुलुक बनाउ । मुलुक बनेपछि हामी कसैको दास बन्नु पर्दैन् । आँखा र चित्त सधै खुल्ला राख्नु पर्छ यो अस्वेतको सिद्धान्त हो । उनी यहि सिद्धान्तलाई आत्मसाथ गर्दै राजनीतिमा होमिएका छन् । काठमाण्डौ बनाउने अस्वेतको यस्तो छ योजना बुबा केशव स्थापितप्रति गरिने टिप्पणीप्रति अस्वेतको धारणा अलि फरक छ । केशव स्थापितले लिएको वाटो हावा हो भन्नेप्रति अस्वेत यसो भन्छन, आटँ नगरी केहि परिवर्तन हुँदैन् । सुनेको छ मैले बुवाको भिजनलाई हावादारी भनेको पनि । तर, जसलाई यो देशको माया छ उसलाई देशको यो हविगतप्रति चिन्ता हुन्छ । तर मेरो कुनै चित्त दुखाई छैन् । मलाई लाग्छ केशव स्थापितको उकुशमुकुस पनि त्यहि नै हो ।

छिमेकी मुलुकले विकासमा कायपलट गरिसके हाम्रो अवस्था यस्तो छ । विस वर्ष अघि बुबाले सुरु गरेको वागमति, धोविखोला करिडोर पुरा हुँदैछ । रोड विस्तार भएर चौडा भएका छन् । टाउन प्लानिगं बन्यो । पार्क बन्यो । तर, काठमाण्डौ बनाउने अस्वेतको छुट्ै योजना छ । काठमाण्डौको मुटुमा रहेको टुडिखेलको अस्तव्यस्तताप्रति अस्वेतलाई चित्त वुझेको छैन् । त्यत्रो सुनको टुक्रा वेकामे जस्तै बनेको छ । वल्र्ड क्लास स्पोर्टस एण्ड कल्चर अरिना बनाउने सोच उनको छ । खोलाको वारीपारी जंगल र त्यसभित्र होटल रेष्टुरेन्ट बनाउने अस्वेतको अर्को योजना छ । काठमाण्डौभित्र बग्ने सवै खोलालाई शुद्ध नाउने अनि वाटर टन्सपोटेशन, फुड वाटर मार्केट बनाउने पनि उनले योजनामा राखेका छन् । अस्वेतको अर्को विग योजना भने नयाँ बानेश्वर, कोटेश्वर, थापाथली, सोह्रखुट्े चावहिल, महाराजगंन्ज लगायत दश स्थानमा तत्काल अण्डरग्राउण्ड सव वे, बनाउनु पर्ने उनको जोड छ । विकसित मुलुक जस्तै हरेक टोलमा एक पार्क, एक सार्वजनिक शौचालय, धुँवामुक्त सहर, विद्यार्थी हाउजिंग सुविधा, फ्रि शिक्षा र स्वास्थ्य, विद्युतिय कार्डको व्यवस्था गर्ने उनको योजनामा छ । वेराजगारी समस्या हल गर्न उनले एक व्यक्ति एक रोजगारी, रोजगारी नहुनेलाई सिमित समयका लागि दश हजारको व्यवस्था गर्नुपर्ने आफनो योजनामा समेटेका छन् । यस्ता महत्वकांक्षी योजना पुरा गर्न अस्वेतले देश विदेशमा रहेका आफना साथीभाई र विज्ञसँग छलफल पनि गर्दै आएको बताए । सामाजसेवा र खेलमा समेत निकै चाख राख्ने अस्वेतको अर्को जोड छ, वालवालिका, वृद्धवृद्धा अपांगका लागि व्यवस्थित वसोवास । जत्ति नै विकास गरेपनि कानुनको पालना भएन भने त्यो विकास दिगो हुन्न । सभ्य समाजको परिकल्पना पनि उनीसँग छ । विदेशमा जस्तै सामाजिक सुरक्षाका लागिसय मिटरको दुरीमा सडक क्यामेरा जडान गर्नै पर्ने उनी बताउँछन् । त्यसले सुरक्षा व्यवस्था मजवुद हुने अस्वेतको तर्क छ । अस्वेतले त्यस्ता नेपाली नै इन्जिनियरहरु खोजिरहेको वताए । उनी काठमाण्डौको अव्यस्थित तार अण्डरग्राउण्ड बनाउने, हाई व्रिज, सुचना केन्द्र निर्माण, कला संस्कृतीको संरक्षण गर्दै पर्यटन भित्राउने उनले योजना बुनेका छन् । अस्वेत भन्छन्, आफनो कला, संस्कृती, भाषा आफैले जोगाउने हो, नत्र यो लोप हुन्छ । काठमाण्डौभित्र १० वटा टुरिजम सहर बसाल्ने सोच पनि उनले बनाएका छन् । ठमेल, दरवारमार्ग, न्युरोड, नयाँ वानेश्वर, महाराजगंन्ज, लैनचोर, धापासी, वसन्तपुर, नक्साल वुढानिकण्ठ, एयरपोर्ट छेउछाउलाई अस्वेतले पर्यटन सहर बनाउने योजनामा राखेका छन् । डिजिटल सिस्टमको खाँचो पनि उनले देखेका छन् । डिजिटल सिस्टमको अवधारणा चाँही अस्वेतले भ्रष्टाचार अन्त्यका लागि ल्याएका हुन रे । वेरोजगारी समस्याप्रति उनी भन्छन्, रोजगारीमा देखिएको असमानता नहटेसम्म दुई क्लासको समाज रहिरहन्छ । त्यसको अन्त्य गर्नै पर्छ । समाजिक असमान्ताको अन्त्य अवसरवाट हुने अस्वेतको तर्क छ । अस्वेतको खास योजना काठमाण्डौवाट मेचीदेखि महाकालीसम्मलाई सकारात्मक सन्देश दिने पनि हो ।


बुबाको वारेमा अस्वेतको भनाई
बुबा केशव स्थापितको राजनीतिक यात्राका वारेमा भने अस्वेत भन्छन्, बुबा समान्ताका नायक हुन् । बुबा जहिले पनि मलाई राजनीति गर्ने हो भने, रोल्पा रुकुम बाजुरा, धनुषा महोत्तरीको गरिब वस्तीमा जाउ भन्नु हुन्छ । समान समाज बनाउने बुबाले थालेको अभियानलाई पुर्णता दिन म राजनीतिमा होमिएको हुँ । टोनी हेगन, जस्ले नेपालको नक्सा कोेरे उनले भनेका थिए स्थापितका परिवारलाई तपाईहरु सुनको थालिमा हिराको चम्चाले खानसक्ने देशको नागरिक हो । तर, त्यसलाई साच्चै जनताको बनाउन सक्ने व्यक्तिको खाँचो छ । त्यो भनाईले केशव स्थापितलाई निकै झकझकायो । उनलाई उकुसमुकुस भयो र उनले थाले राजनीति । आज अस्वेतलाई त्यहि भनाईले मानसपटलमा हानी रहेको छ । प्राकृतिक उपहारलाई प्रयोग गर्न नसक्नु आजको विडम्वना हो । अस्वेत भन्छन् प्रकृतिको उपहार स्टोनको व्यापार महिले गर्दै आएको छु । ठुला व्यापार मात्रै होइन जडिवुटी वेचेरै हामीले अर्वौका उद्योग खोल्न सक्छौ व्यापार व्यवसाय गर्न सक्छौ । नाकमुनिको मणि हामीले देखिरहेका छैनौ । विदेश जानुपर्छ तर, त्यहाँको विकास बोकेर, सिकेर आउनु पर्छ अस्वेतको भनाई छ । केशव स्थापितको १०१ योजना भित्र, मेटे रेल, पार्क, साइकल वाटो, तार अण्डरग्राउण्ड गर्ने, काठमाण्डौका ठुला भित्ता भत्काउने थानकोटामा गाडी धुने व्यवस्था, आकाशे पानी संकलन, स्मार्ट कार्ड, स्मार्ट सिटी, फ्रि वाईफाई जस्ता थुप्रै छन् । १०१ भिजनमा अस्वेतले पनि साथ दिएका हुन रे । उनका थुप्रै भिजन १०१ मा परेकोमा उनी दगं छन् । बुबाको भिजनलाई हावादारी भन्दा मेरो कहिले काँही साच्चै मन मर्छ । तर, म सकारात्मक सोचको व्यक्ति हुँ । म निराश हुन्न । अप्ठाराको सामना गर्ने हो । मेरो नीति नै यहि हो । पुराना पुस्ताका राजनीतिप्रति अस्वेतलाई पनि निकै मन दुखेको छ । संभावना हुँदा पनि हाम्रा नेताले मुलुक बनाउने इच्छा शक्ति राखेनन आज थोरै धनी धेरै गरिब भयौ हामी । समाज धनी र गरिवमा विभाजन भयो । अस्वेत एमाले अध्यक्ष केपीका भने प्रशंसक रहेछन्, एमाले अध्यक्ष ओलीको आधुनिक भिजन र प्रस्तुतीले अस्वेतलाई निकै तानेको रहेछ । उनी भन्छन् वहाँको सपना पनि हामीले पुरा गर्नुपर्छ । सानो हुँदा अस्वेतलाई बुबाप्रति साह्रै चित्त दुखेको रहेछ । स्कुलमा सवैका बुवा आमा आउनु हुन्थ्यो । छोराछोरीलाई बोक्ने माया गर्ने गर्नुहुन्थ्यो । तर, आफनो बुबा किन नआएको होला भन्ने प्रश्न उनलाई सधै खट्किन्थ्यो रे । जब अस्वेत बुझने भए आज बुवाप्रतिको त्यो मन दुखाई मेटियो रे । आज अस्वेत नै बुवाले बोकेको विचारलाई शशक्त पार्ने अभियानमा आईपुगेका छन् । देश विदेशमा बुवाको नाम छ, उनी त्यसमा खुशी छन् । अस्वेत २८ वर्षका भए उनले अन्तरजातिय विवाह गरेका हुन् । उनको धर्मपत्नी सनम सामान्य परिवारकी हुन् । सनमको परिवार राजनीतिक परिवार होइन । जब अस्वेत र सनमको जोडी बाधिँयो । आजभोली उनलाई पनि राजनीतिको चाख निकै बढे्को छ रे । अस्वेतलाई सनमले निकै साथ दिईरहेकी छिन् । यसप्रति स्थापित परिवार निकै मख्ख छ । आजभोलीको पुस्ता राजनीतिलाई खासै रुचाउँदैन । तर, अस्वेत यो निराशाको अन्त्य गरेर सक्षम युवालाई राजनीतिमा ल्याउनै पर्छ भन्ने पक्षमा छन् । योग्य व्यक्ति राजनीतिमा नआउँदा आज राजनीति यस्तो आलोचनाको विषय भएको हो । मुलुकको मुल नीति राजनीतिमा योग्य व्यक्ति नआउने अनि बाहिर बसेर आलोचना मात्रै गर्ने प्रवृत्तिको पनि अस्वेत खरो आलोचक हुन् । बाहिर वसेर गाली मात्रै गरेर मुलुक बन्दैन उनी भन्छन् । कुराकानीको अन्त्यमा अस्वेतले भन्न भ्याइहाले मलाई पनि काठमाण्डौ महानरपालिकाको मेयर बन्ने रहर छ । राजनीतिक दलका नेता जस्तै अस्वेत भन्छन पार्टीले जिम्मा दिएमा र जनताले चाहेमा मलाई पनि एक पटक काठमाण्डौको मेयर बन्ने इच्छा छ । रगतमै राजनीति भएर होला अस्वेत राजनीति गफ मिलाएर गर्न माहिर छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);