गणतन्त्रात्मक शासन व्यवस्था जीवनपद्धतिका रूपमा स्थापित हुँदै गएको छ: राष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

गणतन्त्रात्मक शासन व्यवस्था जीवनपद्धतिका रूपमा स्थापित हुँदै गएको छ: राष्ट्रपति

bidhya devi bhandari

काठमाडौं, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रात्मक शासन व्यवस्था शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित हुँदै गएको बताउनु भएको छ ।

यो सबै नेपालीका लागि गौरवको विषय भएको उनको भनाइ छ । बाह्रौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा विश्वमा लोकप्रिय तथा समृद्ध पद्दतिको रुपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रुपमा मात्र नभई जीवनपद्धतिका रुपमा समेत स्थापित र संस्थागत हुँदै गएको बताइएको छ । राष्ट्रपति भण्डारीले समृद्धिको अपेक्षा साकार पार्नु हामी सबैको उत्तरदायित्व भएको बताउनु भएको छ ।

सामाजिक न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक संकल्प पूरा गर्ने दिशामा सरकार अग्रसर भएको उल्लेख गर्दै उहाले समृद्धि हासिल हुनेमा आफू विश्वस्त रहेको पनि बताउनु भएको छ । उहाँले मुलुकको समग्र विकास र समृद्धिका लागि आआफ्नो क्षेत्रबाट योगदान र्पुयाउन सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुमा आह्वान पनि गर्नु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);