दुई वर्षीया छोरीको हत्या आरोपमा आमा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, १२ मंसिर । दुई वर्षीया छोरीको हत्या गरेको अभियोगमा सुवर्णपुर गाउँपालिका–५ पर्शुरामपुरकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । ४ मंसिर साँझबाट बेपत्ता भएकी दुई वर्षीया छोरी बबिया खातुनको शव ७ मंसिरमा फेला परेको थियो।

घरदेखि करिब २ सय मिटर पर रहेको पोखरीमा तैरिरहेको अवस्थामा शव फेला परेपछि प्रहरीले आमा नेजमा खातुनको खोजतलास सुरु गरेको थियो । उनी छोरीको शव प्रहरीले फेला पारेपछि गाउँमै लुकिछिपी बस्दै आएकी थिइन् । खातुनलाई प्रहरीले ८ मंसिरमा पक्राउ गरेको थियो।

प्रहरीले आमाले नै छोरीको हत्या गरी पोखरीमा फालेको दाबी गरेको छ । प्रहरीका अनुसार नेजका पति इब्राहिम मिया वैदेशिक रोजगारमा छन् । पति र उनीबीच घरायसी झगडा भएको थियो । पतिलाई उनले छोरी र आफू दुवैजना मर्ने धम्की दिएकी थिइन्। सोहीअनुसार नेजमाले छोरी मारेर आफू पनि मर्ने मनसाय बनाएको बाराका प्रहरी प्रमुख राजकुमार वैदबारले बताए। – नयाँ पत्रिका दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);