दाजुको वंशनाश गरेर शव गायब ! | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

दाजुको वंशनाश गरेर शव गायब !

dajuko banshanash

राजविराज, ९ भदौ ।  दाजुको वंशनाश गरेको आरोपितसहित पाँच जना पुर्पक्षका लागि थुनामा परेका छन् ।

जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको आदेशले राजविराज नगरपालिका–१५ मुसर्नियाका मुर्जा भनिने पञ्चदेव साह, उनकी पत्नी प्रमिलादेवी साह, उनका भाइ विराटनगर–११ बस्ने सत्यनारायण साह, राजविराज–१५ का धर्मेन्द्र साह र थापा भनिने जिवछ साह राजविराज कारागारमा थुनामा परेका हुन् । घटनामा संलग्न थप सात जना पक्राउ परेका छैनन् ।

सप्तरीका डीएसपी भावेश रिमालका अनुसार आरोपितले सूर्यनारायण साहसहित उनकी चार महिनाकी गर्भवती पत्नी बेचनीदेवी र डेढ वर्षीया छोरी प्रतिभाको योजनाबद्ध तरिकाले हत्या गरेको बयान दिएका छन् । ‘योजनाअनुसार जेठ २६ गते गाउँनजिकै सूर्यनारायणलाई बोलाएर रक्सी खुवाइएछ’, डीएसपी रिमालले भने, ‘उनी मात्तिइसकेपछि पिसाब फेर्न गएका बेला चक्कुले प्रहार गरी अनि छोरीको घाँटी थिचेर हत्या गरेको पाइयो । त्यसपछि घरमा सुतिरहेकी बेचनीदेवीको पनि सोही रात घाँटी थिचेर हत्या गरी शौचालयको सेफ्टी ट्यांकीमा फालियो । गाउँमा दुर्गन्ध फैलिएपछि भदौ १ गते उत्खनन गर्दा बेचनीको सडेगलेको शव फेला प¥यो ।’

बेचनीका बुवा छिन्नमस्ता–६ खुदीभखारीका रामकुमार साहले छोरीको शव फेला परेदेखि नै ज्वाइँ र नातिनीको पनि हत्या गरेर आरोपितले शव बेपत्ता बनाएको दाबी गरेका थिए । प्रहरीले भने उनको दाबीप्रति विश्वास गरेको थिएन । तर, उनले प्रहरी कार्यालय धाउन नछाडेपछि प्रहरी अनुसन्धान अघि बढाउने टुंगोमा पुगेको थियो । पञ्चदेव पक्राउ परेपछि प्रहरीले घटनाको पत्ता लगाएको हो ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);