स्वास्थ्य चौकीको काम रोकिएपछि विरामी मारमा | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

स्वास्थ्य चौकीको काम रोकिएपछि विरामी मारमा

bhawan

पाल्पा, ९ भदौ । पाल्पाको रैनादेवी गाउँपालिकामा निर्माणाधिन स्वास्थ्य चौकीको काम रोकिएपछि विरामी मारमा परेका छन् । शान्ति तथा पुन निर्माण मन्त्रालयले थप रकम निकासा नगरेपछि निमार्र्णाधिन भवनको काम रोकिएको हो । सुविधा सम्पन्न र वर्थिङ सेन्टर सहितको भवन निर्माणका लागि मन्त्रालयवाट एक करोड पच्चीस लाख रुपैँयाँ दिने सम्झौता भएको थियो ।

तर, अहिलेसम्म ६० लाख रुपैयाँ मात्र निकाशा भएको ठेकेदारको भनाई छ । स्वास्थ्य जस्तो संवेदनशिल विषयमा सम्वन्धित निकायले ध्यान नदिँदा विरामी अन्त जानु परेको रैनादेवी गाउँपालिकाका अध्यक्ष रामवहादुर कार्कीले बताए ।

स्वास्थ्य चौकीको भवन निर्माणका लागि स्थानीय वासिन्दाले निशुल्क जग्गा समेत उपलव्ध गराएका थिए । तर, समयमा भवन निर्माण नुहँदा वर्षातको समयमा विरामी झन विरामी हुने गरेको स्वास्थ्य चौकीका प्रमुख श्याम कार्कीले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);