सुनसान छ नेपालकै नमुना स्वास्थ्य चौकी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

सुनसान छ नेपालकै नमुना स्वास्थ्य चौकी

ललित सिंह बझाङ २१, फागुन ।
दुइ वर्ष अगाडीको कुरा हो । सुनिकोट स्वास्थ्य चौकीको माहौल नै अर्कै हुन्थ्यो । वरीपरीको सफा सुग्धर वातावरण, चारै तिर मौसम अनुसारका ढकमक्क फुलबारी, व्यवस्थित विरामी बस्ने ठांउ, हेर्दा लाग्थ्यो यहां आउने विरामीको आधा रोग त यहांको वातावरणले नै निको हुन्छ

सुनसान छ नेपालकै नमुना स्वास्थ्य चौकी

ललित सिंह बझाङ २१, फागुन ।

दुइ वर्ष अगाडीको कुरा हो । सुनिकोट स्वास्थ्य चौकीको माहौल नै अर्कै हुन्थ्यो । वरीपरीको सफा सुग्धर वातावरण, चारै तिर मौसम अनुसारका ढकमक्क फुलबारी, व्यवस्थित विरामी बस्ने ठांउ, हेर्दा लाग्थ्यो यहां आउने विरामीको आधा रोग त यहांको वातावरणले नै निको हुन्छ होला । गाविस स्तरको स्वास्थ्य चौकी भए पनि यहां विरामीको चाप जिल्ला अस्पतालमा जति नै हुन्थ्यो ।

 

सुनिकोट आसपासका धमेना, रिलु, मेलविसौना, दांतोला गाविसका मात्र हैन । जिल्ला अस्पताल र स्थानिय मेडिकलमा निको नभएका टाढाटाढाका विरामीहरु पनि यहां पुग्ने गर्थे । यसैले नेपाल सरकारले सुनिकोट स्वास्थ्य चौकीलाई नेपालकै नमुना स्वास्थ्य चौकीको रुपमा पुरस्कृत गरेको थियो ।

 

‘विरामी र विरामीका आफन्तको भिडभाडले सुनिकोट बजारको चहलपहल नै अर्कै हुन्थ्यो ’ स्थानिय सरस्वती थापाले भनिन ‘त्यती बेला स्वास्थ्य चौकीले सुनिकोट गाविस कै शान बढाएको थियो’ विभिन्न जिल्लाका स्वास्थ्यकर्मीहरु स्वास्थ्य संस्था व्यवस्थापनको नमुना हेर्नका लागी यहां आउने गरेको उनले सुनाइन ।

 

झण्डै १० वर्ष यसै यहां काम गरेर देशकै नमुना स्वास्थ्य चौकी बनाउन सफल भएका तत्कालिन इन्र्चाज केशव भट्टराई यहांबाट गए पछि भने स्वास्थ्य चौकी सुनसान जस्तै भएको छ । फुलको सुरक्षाका लागी हालिएका बारहरु भाचिंएका छन । सुचनापाटी खाली छ । झट्ट मान्छेले बस्न छोडेको घर जस्तो देखिन्छ सुनिकोट स्वास्थ्य चौकी अहिलेका स्वास्थ्य चौकी इन्चार्ज राजु विक भन्छन ‘अहिले दैनिक ८÷१० जना विरामी आउने गरेका छन ।

 

केशव भट्टराइ हुंदाको जस्तो विरामीको भिड छैन’ ‘त्यस बेला जिल्ला जिल्ला अस्पतालमा पनि गुणस्तरीय सेवा थिएन । अहेवले नै विरामी हेर्थे त्यसैले जिल्ला अस्पतालमा ठिक नभएका विरामी पनि यतै आउने गर्थे’ विकले भने ‘अहिले जिल्ला अस्पतालले पनि विषेशज्ञ दिइरहेको छ । गांउ तिरका स्वास्थ्य संस्थाहरुले पनि राम्रै सेवा दिएका कारण यहां आउने विरामीहरु घटेकाछन’ यातायातको संजाल विस्तारका कारण पनि विरामीहरु सुविधायुक्त संस्थामा जाने भएकोले यहांको चाप घटेको उनले बताए ।

 

नमुना स्वास्थ्य संस्थाको पुरस्कार पाइरहेको यस चौकीको गरिमा कायम गर्नको जिल्ला स्वास्थ्य कार्यालयले माग गरेको खण्डमा जस्तो सुकै सहयोग गर्न तयार रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वताउछन । ‘कतिपय कुरा त व्यक्तीको कार्यशैलीमा पनि भर पर्दाे रहेछ’ उनले भने ‘केशव भट्टराई जतिकै प्रतिबद्ध र लगनशिल स्वास्थ्यकर्मी अरु पाउन गाह्रो छ । तर पनि जिल्ला कै शानको रुपमा रहेको कुराको गरीमा घट्न दिनु हुन्न भनेर लागीरहेका छौ ।

 

त्यहांका साथीहरु पनि खटिरहेका छन’ स्वास्थ्य चौकीलाई नेपाल कै नमुना बनाउन सफल भएका केसब भट्टराइले यस गाविसमा छाउपडीप्रथा, छोरीलाई स्कुल नपठाउने चलन जस्ता विभिन्न सामाजिक विकृती विरुद्ध अभियान पनि चलाएका थिए । स्वास्थ्य संस्थाको माध्यमबाट सामाजिक रुपान्तरणमा काम गरेको भन्दै उनले तत्कालिन राष्ट्रपती रामबरण यादवबाट जनसेवा श्री पदकबाट समेत विभुषित भएका थिए । बझाङ हुदै श्रीमतीको मृत्यू भए पछि भट्टराइ यहांबाट सरुवा भएर रुपन्देही जिल्लामा कार्यरत छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);