घाँसले चुँडायो जीवनको तार | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

घाँसले चुँडायो जीवनको तार

death body

काठमाडौं, २५ माघ । विथ्थड चिर गाउँपालिका १ भन्नेगाडाकी १९ वर्षीया डम्मरा बोहराको सोमबार बेलुका भीरबाट लडेर घटनास्थलमै मृत्यु भयो । उनी बागासल्ला भीरमा घाँस काट्न गएकी थिइन् । उनको भीरबाट चिप्लिएर मृत्यु भएको हो । उनको मृत्युले परिवारमा वज्रपात परेको छ । डेढवर्षे छोराले आमाको काख गुमाए । पति हरिश २१ वर्षकै उमेरमा एकल भए ।

तर, हरिशको परिवारमा भएको यो पहिलो दुर्घटना भने होइन । त्यही भीरमा घाँस काट्ने क्रममा २०७१ मा भाउजूदेवीको लडेर ज्यान गएको थियो । त्यसको १० वर्षअघि अर्थात् २०६० मा बागासल्ला भीरमै आमा रत्नादेवीलाई हरिशले सधैंका लागि गुमाएका थिए, उनको पनि लडेरै मृत्यु भएको थियो ।, यो खबर आजको कान्तिपुरमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);