प्रेमबहादुर सिंहको पार्टी एमालेमा भयो विलय | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०७९, आइतबार

प्रेमबहादुर सिंहको पार्टी एमालेमा भयो विलय

काठमाडौं । पूर्वमन्त्रि प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा विलय भएको छ । अध्यक्ष सिंहसहित सिंगो पार्टी पंक्ति नै एमालेमा विलय भएको हो ।उनलाई आज काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०७३ सालमा प्रधानमन्त्री हुँदा उनी खानेपानीमन्त्रि बनेका थिए । उनीसँगै अभिनेत्री करिश्मा मानन्धर समेत एमाले प्रवेश गरेकी छिन् ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई  नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिक करिअर सुरुवात गरेकी थिइन् । तर, केही समय राजनीतिबाट निष्कृय रहेकी करिश्मा एमालेको राजनीतिमा प्रवेश गरेकी हुन् । 

Leave a Reply