माधव नेपालसँग भेटपछि देउवा आन्तरिक छलफलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

माधव नेपालसँग भेटपछि देउवा आन्तरिक छलफलमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार मध्यान्ह प्रधानमन्त्री देउवालाई भेट्न नेपालले बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार एमसीसीका कारण सत्ता गठबन्धनमा उत्पन्न मतभेदबारे छलफल भएको छ । उनीबीचको छलफलमा एमसीसी पारित गराउन नयाँ विकल्पको खोजी भएको छ ।

सत्ता गठबन्धन जोगाएर एमसीसी पारित गराउने लाग्नुपर्नेमा देउवा र नेपाल सहमत भएका छन् । नेपालसँगको छलफलपछि काँग्रेस सभापति समेत रहेका देउवाले पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफलमा जुटेका छन् । उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की लगायतसँग छलफल थालेको बुझिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);