एमसीसी चाहियो भनेर निवेदन हाल्नेलाई केही गरिँदैन, म बाटामा हिँड्दा ढुंगा हानिन्छ : ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

एमसीसी चाहियो भनेर निवेदन हाल्नेलाई केही गरिँदैन, म बाटामा हिँड्दा ढुंगा हानिन्छ : ओली

पोखरा । नेकपा ‘एमाले’ का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीविरुद्धको प्रदर्शनमा छानी छानी ढुंगा हानेको बताएका छन् । शुक्रबार पोखरामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा ओलीले एमसीसी चाहिन्छ भनेर निवेदन हाल्नेलाई जोगाएर आफू बाटामा हिँड्दा ढुंगा हानिएको टिप्पणी गरेका छन् ।

‘तमासा पनि हदको हुन्छ नि, सरकारमा पनि उनै छन्,’ ओलीले भने, ‘सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर सडक भत्काउन लगाउँछन् । प्रहरी देख्नै हुँदैन ढुंगा हान्न लगाउँछन् । मान्छे देख्दै हुँदैन ढुंगा हान्न लगाउँछन् । ढुंगा पनि कसलाई हान्ने भन्दा एमसीसी नेपालमा ल्याउन पाउ भनेर आफू प्रधानमन्त्री हुँदा चिठी लेखेर निवेदन हाल्ने झलनाथ खनाल बाटाबाट हिँड्दा ढुंगा हान्दैनन् । ताली बजाउँछन् ।’

ओलीले थपे, ‘त्यही बाबुराम भट्टराई एमसीसी अगाडि बढाउनुपर्छ भन्ने मान्छे हिँड्दा ढुंगा हानिँदैन । नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्छ भन्छ, ढुंगा हानिँदैन । टेबुल गरेका छन् सभामुखले ढुंगा हानिदैन । एमसीसी ठिक छ भनेर वार्ता गरेर कुरा टुंग्याउने कृष्णबहादुर महरालाई ढुंगा हानिँदैन । प्रचण्डका पालमा अगाडि बढ्यो । प्रचण्ड, शेरबहादुर देउवाको संयुक्त सरकारका बेला महराले टुंग्याउनुभयो । ज्ञानेन्द्र कार्कीले वासिङटन डिसीमा गएर सम्झौता गर्नुभयो । उहाँहरुको सरकारले गर्‍यो । ती सम्झौता गर्नेहरुलाई कसैले रोक्दैन । म बाटाबाट हिँड्छु ढुंगा हान्छन् ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);