विगतमा एमसीसी सम्झौता गरेका व्यक्तिहरु नै अहिले बोल्न डराएको ओलीको आरोप | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

विगतमा एमसीसी सम्झौता गरेका व्यक्तिहरु नै अहिले बोल्न डराएको ओलीको आरोप

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले विगतमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता गरेका व्यक्तिहरु नै अहिले बोल्न डराएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी कार्यकर्ता भेलामा ओलीले एमसीसीमा सत्ता गठबन्धनको धारणा मागे । ‘यिनै मान्छेहरु हुन् कांग्रेस र माओवादी भएका बेला एमसीसी गरे । अहिले एमसीसीमा बोल्दैनन् । झुक्याएर पास गर्न खोज्या छ । के गर्ने हो भन्दैनन् । जनताका अगाडि यिनीहरुले गरेको एमसीसी के गर्ने ? देउवाजी, प्रचण्डजी बोल्नुपर्दैन । के गर्ने एमसीसी ? उहाँहरु चुपचाप हुनुहुन्छ। यस्ता अनगिन्ती कुराहरु गोप्य राखेर नेपाली जनतालाई छक्याएर अघि बढ्न खोजेका छन्,’ उनले भने ।

ओलीले सुकुम्वासी आयोग खारेज र आफूले सुरु गरेका योजना रोक्ने सरकारको निर्णयको पनि आलोचना गरे । ‘पहिला गरिबमाथि बञ्चरो प्रहार गरेर सुरु गर्‍यो । त्यसपछि विकास निर्माणका काम एकपछि अर्को भत्काउन थाल्यो,’ उनले भने ।

ओलीले वर्तमान सरकारले धराहरा पनि भत्काउन सक्ने भन्दै चनाखो हुन आह्वान गरे । ‘तपाईहरु नहुने हो भने भक्तपुरमा एकपटक राति क्रेन लगेर मूर्तिको घाँटी मर्काएजस्तै धरहराको पनि क्रेन ल्याएर यिनीहरुले घाँटी मर्काउँछन् । देख्न नसकेर, विकास निर्माण यसरी गर्ने हो, धरहरा यसरी बनाउने हो भनेर मर्काउन सक्छन्,’ ओलीले भने, ‘रानीपोखरीमा ढुंगा हान्न सक्छन् । मूर्ति भक्काउन सक्छन् । याद गर्नुस् यिनीहहरुले कुनै रचनात्मक काम गर्न सक्दैनन् । बिगार्दै गएका छन् ।’

वर्तमान सरकारले विकासको गतिलाई रोकेर कर्मचारीतन्त्रमा आतंक फैलाएको ओलीको आरोप थियो । ‘कर्मचारी कसैलाई निकालेको छ, स्पष्टीकरण सोधेको छ । कसैलाई सुख नदिने,’ ओलीले सोधे, ‘कर्मचारी, जनता, सुकुम्वासी, गरिबलाई सबैलाई दुःख दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);