माधव नेपालले देउवालाई भेटेलगत्तै एकीकृत समाजवादीको बैठक सिंहदरबारमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

माधव नेपालले देउवालाई भेटेलगत्तै एकीकृत समाजवादीको बैठक सिंहदरबारमा

काठमाडौं । एकीकृत समाजवादीका शीर्ष नेताहरू अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी¬) बारे अनौपचारिक छलफलमा जुटेका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल चलिरहेको एकीकृत समाजवादीको संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू एमसीसीबारे अनौपचारिक छलफलमा जुटेका हुन् । एकीकृत समाजवादी संसदमा एमसीसीको विपक्षमा उभिने बताउँदै आएको छ । 

शुक्रबार बिहान धनगढीबाट काठमाडौं आएलगत्तै अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर छलफल गरेका थिए । बालुवाटारबाट फर्केपछि नेपालले आफ्नै पार्टीका शीर्ष नेताहरूसँग छलफल थालेका हुन् । प्रधानमन्त्री देउवाले एमालेको समर्थनमा भएपनि एमसीसी संसदबाट अनुमोदन गर्ने प्रयास गरेका छन् ।

एकीकृत समाजवादी र माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिँदा सत्तारुढ गठबन्धन टुट्ने खतरा बढेको छ । एमसीसीको विपक्षमा उभिने एकीकृत समाजवादीको निर्णयलाई पुनर्विचार गर्न कांग्रेसले आग्रह गरेको चर्चा भइरहेका बेला अध्यक्ष नेपालले देउवासँग छलफल सकेर आफ्नै पार्टीका शीर्ष नेतासँग छलफल गरिरहेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);