अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपाल यथावत् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपाल यथावत्

काठमाडौं । आईसीसीले टी-२० क्रिकेटकाे नयाँ वरीयता सार्वजनिक गरेकाे छ । साेमबार सार्वजनिक गरेकाे वरीयतामा नेपाल १३औं स्थानमा यथावत् छ । १३औं स्थानमा रहँदै नेपाल वरीयतामा तलमाथि नभई यथास्थानमै रहेकाे हाे ।

भारत टी-२० वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । वेस्ट इन्डिजविरुद्ध घरेलु मैदानमा सम्पन्न तीन टी-२० क्रिकेट शृंखलामा ‘क्लिन स्विप’ गरेसँगै भारत वरीयताको शीर्ष स्थानमा उक्लिएको हो ।

वरीयताको दोस्रो स्थानमा इंग्ल्यान्ड छ । तेस्रोमा पाकिस्तान, चौथोमा न्युजिल्यान्ड, पाँचौंमा दक्षिण अफ्रिका, छैटौंमा अस्ट्रेलिया, सातौंमा वेस्ट इन्डिज, आठौंमा अफगानिस्तान, नवौंमा श्रीलंका र १०औंमा बंगलादेश छ । वरीयतामा एसोसिएटतर्फ भने सयुक्त अरब इमिरेट्स (यूएई) शीर्ष स्थानमा छ । यूएई वरीयताको १२औं स्थानमा छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);