नेपाल प्रहरीका ३९ जना एसएसपीहरुको सरुवा, छवि जोशीलाई काठमाडौं प्रमुख, को कहाँ पुगे ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेपाल प्रहरीका ३९ जना एसएसपीहरुको सरुवा, छवि जोशीलाई काठमाडौं प्रमुख, को कहाँ पुगे ?

नेपाल प्रहरीका ३९ जना एसएसपीहरुको सरुवा, छवि जोशीलाई काठमाडौं प्रहरी प्रमुख बनाइयो, सर्वेन्द्र खनाल महानिरिक्षकको सचिवालयमा

नेपाल प्रहरीका ३९ जना एसएसपीहरुको सरुवा

काठमाडौं । लामो समयदेखि रोकिएको नेपाल प्रहरीका ३९ जना एसएसपीहरुको सरुवा भएको छ । वुधबार राति उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी र नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच सरुवाका विषयमा सहमति भएपछि एसएपीहरुको सरुवा भएको हो । सरुवापछि धौलागीरी प्रहरी प्रमुख रहनुभएका एसएसपी छवि जोशी काठमाडौं प्रहरी प्रमुख हुनुभएको छ । महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख रहेका सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षकको सचिवालयमा तानिनुभएको छ । प्रहरी अपराध महाशाखामा भने दिनेश अमात्यलाई ल्याइएको छ । लागू औषध नियन्त्रण ब्युरो काठमाडौंमा धिरु बस्न्त्यातलाई ल्याइएको छ भने प्रहरी प्रशिक्षण प्रतिष्ठान चितवनमा कार्यरत एसएसपी रमेश खरेललाई प्रहरी हेडक्वार्टर युएन शाखामा सरूवा गरिएको छ । ललितपुर प्रहरी प्रमुखमा ठूले राईलाई ल्याइएको छ । त्यसैगरी एसएसपी महेन्द्र पोखरेलको सिन्धुली तालिम केन्द्रमा, दीपक थापा लुम्विनी प्रहरी प्रमुखमा र उत्तम कार्की कोशी प्रहरी प्रमुखमा सरुवा हुनुभएको छ । पिताम्वर अधिकारीको मेची प्रहरी प्रमुखमा सरुवा भएको छ । त्यसैगरी शेरबहादुर वस्नेत केन्द्रीय अनुसन्धान ब्युरो, मोहन जोशी सुदुरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायल र वलराम शर्मा सगरमाथा प्रहरी प्रमुखमा सरुवा हुनुभएको छ । एसएसपी विष्णुहरी गौतम गण्डकी अंचल प्रमुख, कर्णालीमा सुरज केसी, महाकालीमा सुशील भण्डारी र वागमतीमा पुष्प रन्जितको सरुवा भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);