अपराध लुकाउन नाम र धर्म नै परिवर्तन | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

अपराध लुकाउन नाम र धर्म नै परिवर्तन

काठमाडौं, २२ कार्तिक । व्यक्ति हत्याको १० वर्ष पुरानो घटनामा संलग्न भएको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरले असोज ३० मा गोकर्णेश्वरबाट एक जनालाई पक्राउ गर्‍यो । बौद्ध क्षेत्रमा गार्मेन्टमा काम गर्ने भनिएका बाहिद खानले पक्राउपछि आफू उक्त व्यक्ति नभई विजयकुमार श्रीवास्तव भएको नागरिकता पेस गरे ।

उनले आफू मुस्लिम नभई हिन्दु भएको र बिनाकारण पक्राउ गरिएको दलिल पनि पेस गरे । हुन पनि उनी मुस्लिमको हुलियामा थिएनन् र हिन्दु केटीसँग नै घरजम गरेका थिए । पक्राउ परेको व्यक्तिको तर्क सुनेपछि प्रहरी छक्क पर्‍यो र अनुसन्धानलाई नयाँ ढंगले अघि बढायो । पुरक अनुसन्धानले जे जस्ता तथ्य बाहिर ल्यायो, त्यसले प्रहरीलाई त अचम्म तुल्यायो नै, अपराध कर्म लुकाउन केसम्म गर्न सकिन्छ भन्ने तथ्य पनि बाहिर ल्यायो।

बाराको कचर्अवा घर भई अनामनगर डेरा गरी बस्ने बलराम पटुवाको २०६४ असार २० मा गोली हानी हत्या भयो । नक्कली भारतीय नोटको कारोबारमा संलग्न पटुवाको हत्या नक्कली भारुको कारोबारी समूहबाटै भएको प्रहरी अनुसन्धानले निष्कर्ष निकाल्यो । त्यही अनुसन्धानका आधारमा प्रहरीले सर्लाही सिसौतिया घर भएका थापाजी भन्ने लाल मोहम्मद र पर्साको वीरगञ्ज १३ घर भएका पप्पु गुप्तालाई पक्राउ गर्‍यो । उनीहरु अदालतबाट दोषी ठहर भई जेल चलान भए।

घटनाको चार वर्षपछि २०६८ मा उक्त घटनाका दोषी अन्य तीनजना पनि पक्राउ परे । बारा प्रस्टोका घर भएका मुन्ना खान, सद्रुल अन्सारी र अल्ताफ हुसेनको नामले चिनिने इन्ताफ हुनेन अन्सारी पनि पक्राउ परी जेल चलान भए । प्रहरीका अनुसार मृतक पटुवासहितको यो समूहले पाकिस्तान र बंगलादेशबाट नक्कली भारतीय रुपैयाँ ल्याइ नेपाल र भारतीय बजारमा चलाउँथे।

उक्त घटनामा पक्राउ परी सजाय भुक्तान गरेर छुटेका एकले गत महिनामात्रै प्रहरी परिसरलाई एउटा गोप्य सूचना दिएका थिए । सूचना थियो, ‘पटुवा हत्याको घटनाका योजनाकारमध्ये एक बाहिद खान पनि थिए।’ खानले आफू विजयकुमार श्रीवास्तव भएको बताउँदै जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट निकालेको नागरिकता पेस गरे। प्रहरीले उक्त नागरिकताको वैधानिकता जाँच गरेपछि रहस्य खुल्यो, उक्त नामको नागरिकता जारी नै भएको छैन। मुस्लिम समुदायका खानले उक्त घटनापछि हिन्दु धर्म मान्ने भन्दै नागरिकता निकालेर हिन्दु केटी नै बिहे गरेका थिए । – कान्तिपुर दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);