वाम क्षेत्रमा कांग्रेसका 'हेभीवेट' : यस्तो छ गठबन्धन र कांग्रेसबीचको रोचक प्रतिस्पर्धा | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

वाम क्षेत्रमा कांग्रेसका ‘हेभीवेट’ : यस्तो छ गठबन्धन र कांग्रेसबीचको रोचक प्रतिस्पर्धा

UML-congress

काठमाडौँ, २१ कार्तिक । जिल्लाको क्षेत्र १ मा वाम गठबन्धन र कांग्रेसबीचको चुनावी प्रतिस्पर्धा रोचक हुने भएको छ। स्थानीय तह निर्वाचनको गरिणामलाई आधार मान्दा यो क्षेत्रमा वाम गठबन्धन बलियो छ तर कांग्रेसको हेभीवेट उम्मेदवारका कारण प्रतिस्पर्धा रोचक हुने भएको हो ।

कांग्रेसबाट नेता प्रदीप गिरीले प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएका छन् । विगतमा उनले क्षेत्र ४ बाट उम्मेदवारी दिने गरेका थिए । यसपटक गिरीले जन्मथलो रोजेका छन् । वामगठबन्धनबाट एमालेका केन्द्रीय सदस्य गंगाप्रसाद यादवको उममेदावी परेको छ।

राप्रपाका केन्द्रीय सदस्य तथा स्थानीय स्तरमा अत्यन्त लोकप्रिय लगनलाल चौधरी पनि एमाले प्रवेशपछि वाम गठबन्धनलाई झनै फाईदा पुगेको छ। आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);