ट्याक्टर दुर्घटनामा एक युवकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ट्याक्टर दुर्घटनामा एक युवकको मृत्यु

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा ट्याक्टर दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । 

मिथिला नगरपालिका-२ नक्टाझिजमा शुक्रबार बिहान ट्याक्टरमा च्यापिएर क्षीरेश्वरनाथ नगरपालिका-७ का २५ वर्षीय चेतन महतोको मृत्यु भएको हाे । 

स्थानीय नदीमा बालुवा अनलोड गर्ने क्रममा ज१त. ४१७२ नम्बरको ट्याक्टर पल्टिँदा महतोको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

महतो ट्याक्टरमै बसेका थिए । महतोको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रदेशिकक अस्पताल जनकपुरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);