प्रहरीमा २३ सय २० जनालाई जागिरको अवसर : १ हजार ९ सय ७१ जवान र १ सय ४६ इन्स्पेक्टर माग, कार्यालय सहयाेगीमा कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

प्रहरीमा २३ सय २० जनालाई जागिरको अवसर : १ हजार ९ सय ७१ जवान र १ सय ४६ इन्स्पेक्टर माग, कार्यालय सहयाेगीमा कति ?

काठमाडौं । नेपाल प्रहरीले कार्यालय सहयोगीदेखि प्रहरी निरीक्षक (इन्स्पेक्टर)सम्म स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

प्रहरीले लोकसेवाको सहमतिमा आज गोरखापत्रमा सूचना जारी गर्दै धोबी, कुचिकार, सिलाइ/बुनाइ, हजाम, भान्छे, प्रहरी जवान र प्रहरी निरीक्षकका लागि २ हजार ३२० जना माग गरेको हो । 

जसमा सबैभन्दा बढी प्रहरी जवानका लागि १ हजार ९७१ कोटा छ । प्रहरी जवानमा १ जार ६३ खुलातर्फ पदपूर्ति हुनेछ, भने बाँकी सिट समावेशी समूहका लागि छुट्याइएको छ ।

यसैगरी, १४६ जना प्रहरी निरीक्षक भर्ना गरिने भएको छ । जसमा ७९ सिट खुलातर्फ र बाँकी समावेशी समूहतर्फ रहेको छ ।

प्रहरीमा १६३ जना भान्छे मागिएको छ । त्यस्तै, धोबी, कुचिकार, सिलाइ/बुनाइ र हजाममा १०/१० सिट छुट्याइएको छ ।

फागुन १९ गतेदेखि दरखास्त फारम बुझाउन सकिनेछ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);