कांग्रेस उदयपुर प्रदेशसभा १ (ख) मा सरोज बस्नेतको प्यानल घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कांग्रेस उदयपुर प्रदेशसभा १ (ख) मा सरोज बस्नेतको प्यानल घोषणा

उदयपुर । कांग्रेस उदयपुर प्रदेश सभा १ (ख) मा सरोज बस्नेत नेतृत्वको प्यानल घोषणा भएको छ । ३ मंसिरमा हुने कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश सभा अधिवेशनका लागि बस्नेतले उम्मेदवारी घोषणा गरेका हुन् । उनी नेपाली कांग्रेस त्रियुगा नगर समितिमा दुई कार्यकाल सभापति भइसकेका छन् ।

प्रदेश सभा १ (ख) को उपसभापतिमा उद्धवबहादुर राउत, चन्द्रबहादुर तामाङ सचिवमा फिरन खड्का, कुवेर ग्रान्जा मगर, सहसचिवमा लक्ष्मणप्रसाद भट्टराई, अर्चना दनुवारले उम्मेदवारी घेषणा गरेका छन् । 

प्रदेश महाधिवेशन प्रतिनिधि खुल्ला साततर्फ उद्धवकुमार थापा, संजीवकुमार केसी, विश्वराज तामाङ, राजन ढकाल, केशर बुढाथोकी, दोधकुमार राई र भरतकुमार दाहालले उम्मेदवारी घोषणा गरेका छन् । यता, महिला खुला तीततर्फ गोमाकुमारी बस्नेत राउत, इच्छा रिजाल, रिता कार्की खड्काले उम्मेदवारी घोषणा गरेका छन् ।

खस आर्य पुरुषतर्फ नरेश ढकाल, महिलामा गोमा कटुवाल, जनजाति पुरुषतर्फ भक्तबहादुर मगर, जनजाति महिलातर्फ मिराहाङ्ग वान्तावा, थारु प्रतिनिधिमा सत्यनारायण चौधरी र दलित प्रतिनिधिमा ध्रुब साह सोनारले उम्मेदवारी घोषणा गरेका छन् । क्षेत्रीय कार्यसमितिमा निर्वाचित हुने तीन सदस्यतर्फ दुर्गा कठायत, अर्जुन कटुवाल र मिना दनुवारको नाम घोषणा गरिएको छ ।

उदयपुर क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा खगेन्द्र राई, सचिवमा सन्तोष कोइराला र सुशील खत्रील उम्मेदवारी घोषणा गरेका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);