खोटाङ कांग्रेस सभापतिमा रविप्रकाश र भूपेन्द्रकाे प्यानल बन्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

खोटाङ कांग्रेस सभापतिमा रविप्रकाश र भूपेन्द्रकाे प्यानल बन्ने

खोटाङ । नेपाली कांग्रेसका नेता रविप्रकाश राईले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । जिल्ला अधिवेशनकाे मिति नजिकिँदै गर्दा कांग्रेस महासमिति सदस्यसमेत रहेका राईले सोमबार जिल्ला सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । उनी केन्द्रमा सभापति शेरबहादुर देउवासँग नजिक मानिन्छन् ।

कांग्रेस महाधिवेशन प्रतिनिधि भूपेन्द्र राईले पनि जिल्ला सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् । ०७४ को स्थानीय तहको निर्वाचनबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका राईले २६ कात्तिकमा खोटाङ बजारमा भएको आफूपक्षीय नेता तथा कार्यकर्ताको भेलाबाट जिल्ला सभापतिमा उठ्ने घोषणा गरेका हुन् । उनी केन्द्रमा कृष्ण सिटौलासँग नजिक मानिन्छन् । आगामी ६ मंसिरमा जिल्ला अधिवेशन हुँदैछ ।

भूपेन्द्रको टिमबाट उपसभापतिमा चन्द्रबहादुर थापा, सह–सचिवमा ध्यानबहादुर राई, प्रदेश क्षेत्र (ख)को सभापतिमा चण्डीकुमार राई, उपसभापतिमा रामचन्द्र केसीलाई उठाउने तयारी गरिएको कांग्रेस दिप्रुङ चुईचुम्मा गाउँपालिका सभापति अमृत गिरीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);