जबराविरुद्ध थप रणनीति बनाउन बारको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

जबराविरुद्ध थप रणनीति बनाउन बारको बैठक बस्दै

nepal bar council

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनको थप रणनीति बनाउन नेपाल बार एसोसिएसनको बैठक बस्दै छ ।

दोस्रो चरणको आन्दोलनका कार्यक्रम सकिने दिन मंगलबार बारको बैठक बस्न लागेको हो । दुई साताभन्दा लामो समयदेखि जबराको राजीनामा मादै धर्ना र प्रदर्शन गर्दै आएको बारले थप आन्दोलन कार्यक्रम तय गर्न लागेको हो । 

मंगलबार बारको बैठक बसेर थप रणनीति बनाउन बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । न्यायालयको विकृतिको संरक्षण जबराले गरेको भन्दै उनले जबराले राजीनामा दिनुपर्ने अडानलाई बारले निरन्तरता दिने बताए । आन्दोलनका थप रणनीति बनाउने विषयमा आन्दोलित १९ जना न्यायाधीशसँग सोमबारबाटै छलफल सुरू भएको अध्यक्ष श्रेष्ठको भनाइ छ । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);