रुकुम, माघ ३ ।
रुकुममा पहिलो पटक आयोजना हुन लागेको मध्यपश्चिम क्षेत्र स्तरीय व्यापार महोत्सबको तयारीलाई तिब्र पारिएको छ । राजधानी काठमाण्डौमा मन्त्रीस्तरीय भेटघाट देखि स्थानीय स्तरमा हुने बिभिन्न गतिबिधी सहित ५० प्रतिशत तयारीको काम पुरा गरिएको रुकुम उद्योग बाणिज्य संघ रुकुमका बरिष्ठ उपाध्यक्ष दिनेश केसीले जानकारी दिए ।
उनका अनुसार अहिले जिल्लामा २२ वटा बिभिन्न उपसमितिहरु गठन गरेर बाँकी कामहरु पनि धमाधम भैरहेका छन । त्यस्तै जिल्ला स्थित सबै कार्यालय प्रमुख तथा सरोकारवाला निकायसंग बैठक बसी महोत्सब स्थल सम्म पाहुनाहरुलाई सरल र सहज रुपमा आउने वाताबरण बनाउन सडक र बिद्युत लगायत अन्य भौतिक पुर्बधार सुधारका काम पनि भैरहेका छन । महोत्सवमा १० करोड बढीको कारोबार र रुकुमको ब्यवासयिक स्तर फराकिलो गराउने लक्ष्य राखिएको छ । आगामी फागुन १२ गतेदेखी २१ सम्म सदरमुकाम खलंगा स्थित बराहटाकुरमा रुकुम उद्योग वाणिज्य संघ रुकुमको आयोजनामा महोत्सब हुन लागेको हो ।
महोत्सबले जिल्लाको व्यापारलाई मात्र केन्द्रित नभएर पर्यटन, कृषि र कलासंस्कृतिको पनि संसगै प्रवद्र्धन र प्रचारप्रसारमा सहयोग पुग्ने छ । जसअनुसार महोत्सवमा जिल्लाका पर्यटकीय क्षेत्रहरुकोे हेलिकप्टर मार्फत अवलोकन, प्याराग्लाडिङ र सानीभेरी नदीमा ¥याप्टीङ सञ्चालन गरिने बताईएको छ ।