अछामका शिक्षण संस्थाहरू खुल्न थाले | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अछामका शिक्षण संस्थाहरू खुल्न थाले

school

अछाम । कोरोनाभाइरस संक्रमण महामारीसँग बन्द रहेका अछामका शिक्षण संस्थाहरू खुल्न थालेका छन् ।

कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि लगाइएका निषेधाज्ञालाई स्थानीय प्रशासनले खुकुलो गरेसँगै अछामका स्थानीय तहहरूले विद्यालयमा विद्यार्थी उपस्थित गराएर पठनपाठन सुरु गरेका हुन् ।

जिल्लामा संक्रमितको संख्या शून्यमा झरेपछि पालिकाहरुले विद्यालयमै पठनपाठन सुरु गर्ने निणय गरेका हुन् । साँफेबगर नगरपालिकाले नगरका सम्पूर्ण विद्यालयहरुमा बिहीबारदेखि पठनपाठन सुरु गरिएको नगर प्रमुख कुलबहादुर कुँवरले बताए ।

विद्यालयमा संक्रमणको जोखिम कम गर्न भौतिक दूरी, मास्क, सेनिटाइजर, साबुनपानी लगायतका मापदण्ड पालनालाई अनिवार्य गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);