भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ८७५ संक्रमित, तीन सय ६९ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ८७५ संक्रमित, तीन सय ६९ को मृत्यु

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ८ सय ७५ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार ८ सय ७५ संक्रमित थपिएसँगै कुल संक्रमित संख्या तीन करोड ३० लाख ९६हजार ७ सय १८ पुगेको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा संक्रमणका कारण तीन सय ६९ ले ज्यान गुमाएका छन् । योसँगै भारतमा चार लाख ४१ हजार ४ सय ११ संक्रमितको मृत्यु भईसकेको छ ।

सोही अवधिमा भारतमा संक्रमणमुक्त भएका ३९ हजार एक सय १४ सहित तीन करोड २२ लाख ६४ हजार ५१ ले कोरोना जित्न सफल भएका छन् ।

भारतमा हाल तीन लाख ९१ हजार २ सय ५६ सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);