वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८१, आइतबार

वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन

काठमाडौं । वरिष्ठ प्रगतिवादी साहित्यकार एवं प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष आनन्ददेव भट्टको ८५ वर्षको उमोरमा आज बिहान निधन भएको छ ।

भट्ट अल्जाइमर रोगबाट पीडित रहेका थिए । लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय भट्टका काव्य, खण्डकाव्य, संस्मरण, समालोचना र निबन्धलगायतका विधाका साढे दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनका विशेषगरी ‘साइँलीमैया’, ‘आमा बोलाउँछिन्,’ ‘९७ साल’ लगायत कृति लोकप्रिय छन् ।

वि.सं १९९३ मा जुम्लामा जन्मिएका भट्ट प्रगतिशील लेखक संघ र प्रगतिशील प्राध्यापक संघका पूर्वअध्यक्षसमेत थिए । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी भैरेको छ । भट्टका श्रीमती र दुई छोरा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);