एजेन्सी । भारतले एकै दिन एक करोडभन्दा बढी कोरोनाविरुद्धको खोप लगाउन सफल भएको छ ।
भारतले शुक्रबार एकै दिन एक करोड ३ लाख ३५ हजार २ सय ९० कोरोनाविरुद्धको खोप लगाएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतले एकै दिन खोप लगाएको यो संख्या नै हालसम्मको उच्च हो ।
यसै उपलक्ष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खोप वितरणमा यो संख्या हालसम्म कै उच्च रहेको रकर्ड कायम गरेको भन्दै यसलाई महत्वपूण उपलब्धि बताएका छन् । साथै उनले खोप लगाएका र खोप अभियान सफल बनाउनेहरु सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
भारतमा हालसम्म ६२ करोड २९ लाख ८९ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।