शनिबारको कहालीलाग्दो बस दुर्घटनापछि त्रिशूलीमा फेरी खस्यो ट्रक | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

धादिङ, १२ कार्तिक । शनिबार बिहानमात्रै राजविराजबाट काठमाडौँ आउँदै गरेको रात्री बस त्रिशुलीमा खस्दा एकै परिवारका ६ जनासहित ३१ जनाको ज्यान गएको केही समय नहुँदै त्रिशूली नदीमा फेरी पनि अर्को सवारी साधन खसेको छ।धादिङको बेनिघानट रोराङ गाउँपालिका-९ मा पर्ने ज्यामिरेघाटबाट ट्रक त्रिशूली नदीमा खस्दा चालकको ज्यान गएको हो।

शनिबार दिउँसो मुग्लिनबाट सिमेन्ट बोकेर काठमाडौंतर्फ लागि हिँडेको ना ६ ख ४४१५ नम्बरको ट्रकको अगाडिको टायर पड्किएर त्रिशूलीमा खस्दा घाइते भएका चालक मकवानपुर हाडीखोलाका २५ वर्षका विशाल अर्यालको उपचारको क्रममा राति ज्यान गएको प्रहरीले जनाएको छ। सहचालक हेटौंडाका २० वर्षका सुनिल तामाङको भने उपचार भैरहेको छ।