एजेन्सी, १२ कार्तिक । सोमालियाको राजधानी मोगादिशुमा भएको दुई फरक फरक विष्फोटमा परी १४ जनाको मृत्यु भएको छ ।
दुई हप्ता अघि पनि मोगादिशुमा विष्फोट हुँदा ३५० जनाको मृत्यु भएको थियो ।
शनिबार भएको दुवै विष्फोटको जिम्मा इस्लामिक चरमपन्थी संगठन अल शबाबले लिएको छ । पहिलो कार बम विष्फोट एक होटलको नजिक र दोस्रो विष्फोट पुरानो संसद भवन नजिकै मिनी बसभित्र गरिएको बीबीसीले जनाएको छ ।
अल( शबाबले सुरक्षा अधिकारीहरु र नेताहरु गइरहने ठाउँलाई निशाना बनाइएको बताएको छ। यद्यपी विष्फोटमा परी मृत्यु हुनेहरु अधिकांश भने सर्वसाधारण रहेका छन् ।
विष्फोटपछि सुरक्षा सतर्कता बढाइएको छ ।
मोगादिशुमा प्रान्तीय नेताहरु सरकारसँग मिलेर अल शबाबविरुद्ध रणनीति बनाउन एकजुट भएको बेला पछिल्लो धमाका भएको हो । प्रान्तीय नेताहरुसँग आइतबार बैठक बस्दैछ ।