एमाले एकता कायम राख्न कवितामार्फत् भिम रावलको आह्वान | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १७ २०८१, शनिबार

एमाले एकता कायम राख्न कवितामार्फत् भिम रावलको आह्वान

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष भिम रावलले पार्टी एकता जोगाउनु पर्ने बताएका छन् ।

रावलले मंगलबार सामाजिक सञ्जालमा कविता नै प्रस्तुत गर्दै पार्टी विभाजनको विरुद्धमा उभिन आह्वान गरेका छन् । रावलले कम्युनिष्ट पार्टीमा विगतका विभाजन र एकताका परिणामहरुलाई ठण्डा दिमागले स्मरण गर्नु विवेकसम्मत हुने उल्लेख गरेका छन् ।

पद, प्रतिष्ठा र अंहकारलाई तोडेर दल, समाज र देशको एकता जोगाउनका लागि उनले कविता मार्फत् सम्देश दिएका छन् । माक्र्सवादको सिद्धान्त अनुसार पार्टीको कुनै व्यक्ति विशेषका गल्ती कमीको आलोचना र विरोध गर्नु र पार्टीको विरोध नभएको उनले उल्लेख गरेका छन् ।

आन्तरिक विवादमा फसेको एमाले विभाजनको डिलमा पुगेको समयमा रावलले यसरी कवितामार्फत एकता कायम राख्न आह्वान गरेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद अभिवेशन अन्त्य गरेको छ भने अहिले जारी रहेको मन्त्रिपरिषद् बैठकले एमाले विभाजनका लागि सहज हुने गरी अध्यादेश ल्याउने तयारी भएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);