जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

२०८१,०७,१६
जुम्लामा यसवर्ष २० हजार टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चार हजार दुई सय ५० हेक्टरमा लगाएको स्याउबाट २० हजार पाँच सय ११ मेट्रिक टन अर्थात् ४६ क्विन्टल स्याउ उत्पादन भएको हो ।जुम्लाका आठवटै पालिकामा उत्पादन भएको स्याउ बिक्रिबाट ६१ करोड ४१ लाख रुपैयाँ जिल्लामा भित्र्याएको कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिनुभयो ।

जसमध्ये नौ हजार तीन सय ९१ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात भएको छ । ट्रक, बस, जीप र जहाजबाटसमेत स्याउ निर्यात भएको कार्यालय प्रमुख देवकोटाले बताए ।जहाजबाट ७४ मेट्रिक टन स्याउ निर्यात भएको छ । आठ सय ३७ जना स्याउ व्यापारीले किसानको स्याउ बजारमा लगेका छन् । जुम्ली किसानले यसवर्ष प्रतिकिलो सरदर ६० रुपैयाँमा स्याउ बेचेको कार्यालयका प्रमुख देवकोटाले बताए।

Leave a Reply

ताजा समाचार