हेटौंडा । बागमती प्रदेशसभाको बैठक मंगलबार बस्दै छ ।
बागमती प्रदेशसभाको आठौं अधिवेशनको २२ औं बैठक मंगलबार बस्न लागेको हो ।
आज दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएका पत्र पढेर सुनाउने र प्रदेशसभा नियमावली प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेश सभामा केही ऐन संशोधन गर्ने विधेयक दर्ता भएको भएपनि आजको बैठकमा पेश नहुने बताइएको छ ।
गएको असार २८ गते चालु आर्थिक वर्षको बजेट पास गरेपछि स्थगित गरिएको प्रदेश सभा बैठक एक महिना पछि मंगलबार बस्न लागेको हो ।