काठमाडाैं । क्रियाशील सदस्यता छानबिन समितिले अपूरो प्रतिवेदन पार्टीलाई बुझाए पनि कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित बनेको छ । संवैधानिक व्यवस्थाअनुसार भदौ १९ गतेसम्म महाधिवेशन सम्पन्न गर्नैपर्ने बाध्यता छ। तर क्रियाशील सदस्यता बिवाद र कोरोना महामारीलगायत कारणले समयमै महाविधशेन ह्ुन नसक्ने कतिपय नेता कार्यकर्ताहरुले बताउँदै आएका छन् ।




