काठमाडाैं। नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।
पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ११ बजेपछि बैठक बस्न लागेको हो ।
बैठक महाधिवेशनको विषयमा केन्द्रित रहने बताइएको छ । खासगरि यसअघि रोकिएको वडा अधिवेशन कहिले गर्ने भन्नेबारे छलफल हुने बुझिएको छ ।
यसअगाडि मंगलबारदेखि सुरु हुने भनिएको तल्लो तहको अधिवेशन स्थगित गरिएको थियो । साथै, आजको बैठकले क्रियाशिल विवाद सनविन समितिले त्रुझाएको प्रतिवेदनमा टुंगिन बाँकी राखेका विषयलाई समेत टुंग्याउने मापदण्ड बनाउने बताइएको छ ।