बिपी स्मृति र पुष्पलाल सप्ताहको अवसरमा बर्दियामा वृक्षारोपण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

बिपी स्मृति र पुष्पलाल सप्ताहको अवसरमा बर्दियामा वृक्षारोपण

बर्दिया । बर्दिया जिल्लाको बाँसगढी नगरपालिकामा बिहीबार वृक्षारोपण गरिएको छ ।

बि.पि.स्मृति सप्ताह र पुष्पलाल स्मृति सप्ताहको अवसरमा बासगढी नगरपालिकाको आयोजनामा बजार क्षेत्रमा निर्माण गरिएको दुईलेन सडकको बिचभागमा (ग्रिन बेल्ट ) क्षेत्रमा सुगन्धित फुल र औषधिजन्य फुलका करिब ३ सय बिरुवा वृक्षारोपण गरिएको बासगढी पालिका प्रमुख सालिकराम अधिकारीले बताए ।

“सुन्दर हरियाली र सफा शहर समृद्वी र समुन्नत बासगढी नगर” भन्ने मुल नाराका साथ सुरु गरिएको बृहत वृक्षारोपण सप्ताह सफल पार्न स्थानीय राजनीतिक दलका प्रतिनिधि, ब्यापारी, उद्योगी, कर्मचारी, सुरक्षाकर्मी, युवा विद्यार्थी लगायत स्थानीयले सहभागीता जनाएका थिए।

विभिन्न प्रजातिका फलफूल र औषधिजन्य बनस्पति, अमला, तेजपत्ता, दाल, चिनी, कागती र आँप जस्ता बिरुवाहरु सामुदायिक बनको खाली क्षेत्रमा लगाएर स्थानीयहरुको जीवन स्तर उकास्न र आय आर्जन तर्फ जोड्न वृक्षारोपण गरिएको नगर प्रमुख अधिकारिले बताए । साथै उत्पादनमा वृद्धि र हरित नगरपालिका बनाउने उदेश्य पूरा हुने बताए ।

बृहत् वृक्षारोपण सप्ताहमा सहभागी भएर सम्पूर्ण स्थानीय बासिन्दाहरुलाई यो कार्यक्रम सफल बनाउन समेत नगर प्रमुखले अपिल गरेका छन् ।

वृक्षारोपण निजी क्षेत्रको साझेदारीमा संचालन गरिएको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टाेपेन्द्र केसीले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);