काठमाडौं । बुधबार सुनको मूल्य ७ सयले घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य ९२ हजार ५ सय रुपैँया कायम गरिएको छ । मंगलबार सुनप्रति तोलाको ९३ हजार २ सय रुपैँयामा कारोबार भएको थियो ।
चाँदीको मूल्यमा पनि गिरावट आएकाे छ । महासंघका अनुसार मंगलबार एक हजार २ सय ८० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य बुधबार एक हजार २ सय ६० रुपैँया कायम गरिएको छ ।