काठमाडाैं । नेपाली युवा स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा आयोजना हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिताको सुरुवाती खेल गुमाउने भएका छन् ।
भिसाको कारण सन्दीपले द हन्ड्रेडको सुरुवाती खेल गुमाउने क्रिकइन्फोले जनाएको हो । क्रिकइन्फोले भिसा समस्याको कारण उनले प्रतियोगिता नै गुमाउने सम्भावना रहेको समेत जनाएको छ । तर, सन्दीप आबद्द ओभल इन्भिन्सिबलले भने यस विषयमा केहि बताएको छैन ।
पहिलो संस्करणको प्रतियोगिताका लागि सन्दीप इंग्ल्यान्ड पुगिसकेका छन् । १०० बलको हुने प्रतियोगिता बिहीबारबाट सुरु हुने तालिका रहेको छ । पहिलो खेलमा सन्दीप आबद्द इन्भिन्सिबल र म्यानचेस्टर ओरिजिनल्सबीच खेल हुनेछ ।
भिसाकै कारण सन्दीपले यसअघि भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट पनि गुमाएका थिए । त्यस प्रतियोगिताका लागि सन्दीप वोर्सेस्टरशायर र्यापिड्समा अनुबन्धित भएका थिए ।